नेपालले पीएनजीलाई दियो २ सय ७९ रनको लक्ष्य

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २७९ रनको लक्ष्य दिएको छ ।

नेपालले पीएनजीलाई जितका लागि निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७८ रनको जोडेको हाे ।

टस जितेर ब्याटिगंको रोजेको नेपालका लागि दिपेन्द्रसिंह ऐरीले १३६ बल खेल्दै १०५ रन जोडेका थिए । त्यस्तै देव खनालले ८६ बल खेल्दै ७२ रन जोडेका थिए। रोहित पौडेलले ३६ बल खेल्दै ३५ रन जोडेका थिए। यस्तै कप्तान सन्दिप लामिछानेले ९ बल खेल्दै २४ रन जोडे।

यसअघि हिजाे भएकाे खेलमा नेपालले पीएनजीसँग ६ रनले हारेको थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *