त्रिकोणात्मक सिरिज

नेपाललाई पीएनजीसँग बदला लिने अवसर

काठमाडौँ । त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आज पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)विरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १२ः३० मा टियु मैदानमा हुनेछ ।

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी-ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा रहने छ । तर, पीएनजीलाई पराजित गर्न सहज छैन । पीएनजी भने ओडिआई खेलको नतिजाबाट मनोबल उच्च हुँदा त्यसलाई निरन्तरता दिने सोचमा मैदान उत्रनेछ । सन्दीप लामिछानेले घरेलु मैदानमा टी-ट्वान्टी आईमा पहिलो पटक कप्तानी गर्नेछन् ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।

टी-ट्वान्टी त्रिकोणात्मक सिरिज
चैत १४ (मार्च २८) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२:३०
चैत १६ ( मार्च ३०) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२:३०
चैत १७ (मार्च ३१) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२: ३०
चैत १९( अप्रिल २) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२: ३०
चैत २१ ( अप्रिल ४) – फाइनल शीर्ष दुई टोली, दिउँसो १२: ३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *