आईपीएलमा नवप्रवेशी गुजरातको सुखद् सुरुआत
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले विजयी शुरुवात गरेको छ । सोमबारको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा गुजरातले लखनउमाथि ५ विकेटको जित निकालेको हो ।
लखनउले दिएको १५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १६१ रन बनायो । गुजरातका लागि राहुल तेवातीयाले सर्वाधिक ४० रन बनाए । त्यस्तै कप्तान हार्दिक पाण्ड्याले ३३ रनको योगदान गर्दा म्याथु वेड र डेभिड मिलरले ३०-३० रन जोडे । बलिङतर्फ लखनउका लागि दुश्मान्थ चमेराले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । लखनउका लागि दीपक हुड्डा र आयुष बधोनीले अर्धशतकीय पारी खेले । ५५ रन बनाएका दीपकले ४१ बल खेलेका दीपकले ६ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै ५४ रन बनाएका बधोनीले ४१ ब्ल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । कुर्नाल पाण्ड्याले २१ रन जोडे । बलिङतर्फ गुजरातका लागि मोहम्द श्वामीले तीन विकेट लिए । त्यस्तै भरुन अरोनले दुई विकेट लिए । जितसँगै नवप्रवेशी गुजरातले एक खेलबाट २ अंक जोडेको छ । लखनउले हारबाट प्रतियोगिताको शुरुवात गर्यो ।