त्रिकोणात्मक सिरिजमा मलेसियाको विजयी सुरुवात
काठमाडाैँ । नेपाल, मलेसिया र पपुवा न्युगिनि समिलित त्रिकोणात्मक टी-ट्वेन्टी शृंखलामा मलेसियाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा नेपालसँग पराजित भएको पपुवा न्युगिनि दोस्रो खेलमा मंगलबार मलेसियासँग ९ रनले पराजित भयो।
कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो। जवाफमा पिएनजी १९.३ ओभरमा १ सय ७२ रनमा अलआउट भयो ।
मलेसियाका लागि ओपनर भिरनदिप सिंहले ५९ रनको अर्धशतकीय अविजित इनिङ खेल्दा कप्तान अहमद फैइजले ५६ र साइद अजिजले ४७ रन बनाए। पिएनजीका नोर्मान भानुवाले २ विकेट लिए ।
१ सय ८१ रनको लक्ष्य पछ्याएको पिएनजीका लागि टोनी उराको ५६ रन सर्वाधिक रह्यो। त्यस्तै नोर्मान भानुवाले ४५ रन बनाउँदा थप दोहोरो रनको स्कोरका रुपमा सिमोन अटाइको १७ र आसाद भालाको ११ रन रह्यो।
मलेसियाका लागि सर्भीन मुनिएन्डीले ४ तथा महमद्द वाफीक र पवनदिप सिंहले ३-३ विकेट लिए।