अस्ट्रेलिया  नवौं पटक महिला विश्वकपको फाइनलमा

काठमाडाैँ । अस्ट्रेलिया अपराजित रहँदै नवौं पटक एकदिवसीय महिला विश्वकपको फाइनलमा पुगेको छ। बुधबार वेस्टइन्डिजलाई १ सय ५७ रनले पराजित गर्दै अस्ट्रेलियाले उपाधि यात्रा कायमै राखेको हो ।

वर्षाका कारण ४५ ओभरमा घटाइएको खेलमा अस्ट्रेलियाले पहिले ब्यटिङ गर्दै ३ सय ५ रनको बिशाल स्कोर तयार गरेको थियो।  अस्ट्रेलियाकी एलसा हेलीले सर्वाधिक १ सय २९ रन बनाइन् । यस्तै, त्यस्तै रचइल ह्यानेसले ८५ र बेथ मोनीले ४३ रनको अविजित इनिङ खेल्दै अस्ट्रेलियालाई उच्च योगफलमा डोर्‍याएका थिए।

जवाफमा वेस्टइन्डिज ३७ ओभरमा १ सय ४८ रनमा अलआउट भयो। कप्तान स्टाफेन टेलरले सर्वाधिक ४८ रन बनाउँदा हएलि म्याथ्युज र डेन्ड्रा डोटीनले ३४-३४ रन बनाए ।
अब अस्ट्रेलियाले उपाधिका लागि इंग्ल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टिमसँग खेल्नेछ ।

अस्ट्रेलियाले ६ पटकको च्याम्पियन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *