सूचनाकाे अधिकार पुरस्कार बुढाथोकी र साहलाई

विराटनगर । षष्टिका बस्नेत सूचनाकाे अधिकार र प्रोत्साहन पुरस्कार– २०७८बाट पत्रकारहरू गजेन्द्र बुढाथोकी र देवनारायण साहलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसको अवसरमा उनीहरूलाई पुरस्कार प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ, मोरङले प्रदान गर्ने उक्त पुरस्कार उदयपुरस्थित टक्सार म्यागेजीनका प्रधान सम्पादक बुढाथोकी र कान्तिपुर दैनिकका मोरङ जिल्ला संवाददाता साहलाई प्रदान गरिएकाे हाे । बुढाथोकीलाई ५० हजार ५१ र साहलाई १५ हजार ५१ रुपैयाँको नगद राशीसहितको पुरस्कार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले वितरण गरेका हुन् ।

विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले आफ्नो धर्मपत्नीको स्मृतिमा खडा गरेको ७ लाख रकमको अक्षयकोषबाट हरेक वर्ष पुरस्कार प्रदान गरिँदै आएको नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सञ्जीव सनालले बताए । अक्षय कोषको रकमको ब्याजबाट प्रत्येक वर्ष सूचनाकाे अधिकार क्षेत्रमा काम गर्ने अभियान्ता तथा पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *