कोलकोतामाथि बैंगलोरको जित
मकालु खबर
२०७८ चैत १७ गते
काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बैंगलोरले कोलकोतालाई ३ विकेटले पराजित गरेको हो ।
कोलकोताले दिएको १२९ रनको लक्ष्य पछाएको बैंगलोरले १९.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस सिजनको पहिलो खेलमा हार बेहोरेको बैंगलोरको यो पहिलो जित हो भने पहिलो खेल जितेको कोलकोताको पहिलो हार हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोता १८.५ ओभरमा अल आउट हुदै १२८ रन मात्र बनाएको थियो । आज आइपिएल अन्तर्गत लखनउ सुपरजाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । खेल नेपाली समय अनुसार साँझ ७:४५ मा शुरु हुने छ ।
मकालु खबर
२०७८ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित