त्रिदेशीय टी-ट्वेन्टी शृङ्खला
पीएनजीसँग नेपालको दोस्रो खेल आज, अपराजित हुँदै फाइनल पुग्ने लक्ष्य
मकालु खबर
२०७८ चैत १७ गते
काठमाडौँ । घरेलु मैदानमा जारी त्रिदेशीय टी-ट्वेन्टी शृङ्खलाअन्तर्गत नेपालले आज तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल टियु क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै फाइनल पुग्न चाहन्छ । ‘हाम्रो लक्ष्य भनेकै लगातार चार खेल जित्दै घरेलु मैदानमा शृङ्खला उचाल्ने हो ‘, बुधबार मलेसियालाई पराजित गरेपछि कप्तान सन्दीपले भने ।
सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा छ ।
मलेसिया २ खेलमा २ जित र १ हारसँगै २ अंककासाथ तालिकाको दोस्रो स्थानमा छ ।
मकालु खबर
२०७८ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित