वीरेन्द्रनगरमा विश्रामस्थल निर्माण

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पैदल र सवारीहरूको प्रतीक्षामा बस्ने नागरिकहरूका लागि विश्रामस्थल निर्माण गरिएको छ । लामो तथा छोटो दुरीको यात्रामा निस्कने यात्रुहरू र पैदलयात्रीका लागि विश्राम गर्न सहज होस भन्ने हेतुले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न ठाउँमा विश्रामस्थल निर्माण गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाको आवश्यकताका आधारमा नगरका २० ठाउँमा विश्रामस्थल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका र युएसएआडी तयार नेपालको आर्थिक सहयोग तथा अन्तर निर्भर समाजको समन्वयमा वीरेन्द्रनगर–६, ७ र ८ मा विश्रामस्थल निर्माण पश्चात् सञ्चालनरत छन् ।

वीरेन्द्रनगरको मंगलगढी, आँखा अस्पताल अघि, घण्टाघर चौक, खुलामञ्चको दक्षिण लगायतका ठाउँमा विश्रामस्थल निर्माण गरिएको अन्तरनिर्भर समाज सुर्खेतका कार्यकारी व्यवस्थापक विवेक शाहीले जानकारी दिए । उनकाअनुसार प्रति विश्रामस्थलको लागत झन्डै ४७ हजार छ ।

सफा र सुन्दर नगर बनाउने उद्देश्यले नगरपालिकाको आग्रहमा अन्तरनिर्भर समाजले नगरका एकसय ठाउँहरूमा तीन सय फोहोर राख्ने प्लास्टिकका बाल्टिन राख्न लागेको छ । एक ठाउँमा तीन प्रकारका डस्विनहरू राख्न नगरपालिकाले ठाउँ तोकेकाले पहिलो चरणमा १५ ठाउँमा ४५ ओटा डस्विन राख्न लागेको कार्यकारी व्यवस्थापक शाहीले बताए ।

हरित नगर बनाउन नगरपालिकाको सहयोगमा वीरेन्द्रनगर तीन वडामा फुल फुल्ने र फल लाग्ने एक हजार प्रजातिका बिरुवाहरू पनि रोप्ने गृहकार्य भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *