ब्राजिल रहेको समूह ‘जी’मा कुन-कुन देश छन् ?

काठमाडाैँ । फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह चरणमा पूर्व विश्वकप विजेता स्पेन र जर्मनी एकै समूहमा परेका छन् । कतारमा शुक्रबार आयोजित ड्र समारोहमा स्पेन र जर्मनी दुवै समूह ई मा परेका हुन् ।

आयोजक कतार, नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर एकै समूहमा परेका छन् । त्यस्तै इंग्ल्यान्डले अमेरिका, इरान र युरोपेली प्लेअफको विजेतासँग खेल्नेछ । उक्त प्लेअफमा वेल्सले सक्टल्यान्ड र युक्रेनको विजेतासँग खेल्नेछ ।

साविक विजेता फ्रान्सको समूहमा डेनमार्क, ट्युनिसिया तथा अन्तर महादेशीय प्लेअफको पहिलो खेलको विजेता खेल्नेछन् । उक्त प्लेअफमा अष्ट्रेलिया र यूएईको विजेताले पेरुसँग खेल्नेछ ।

अर्जेन्टिनाको समूहमा मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया परेको छ । ब्राजिल, सर्बिया, क्यामरुन र स्विटजरल्यान्डले एकै समूहमा प्रतिस्पर्धा गर्नेछन् । पोर्चुगल, दक्षिण कोरिया, घाना र उरुग्वे समूह एच मा रहेका छन् ।

बेल्जियम, मोरक्को, क्यानडा र क्रोएसिया समूह एफ मा रहेका छन् । समूह ई मा स्पेन र जर्मनीसँगै र जापान र दोस्रो अन्तर महादेशीय प्लेअफको विजेताले खेल्नेछन् । दोस्रो अन्तर महादेशीय प्लेअफमा कोस्टारिका र न्युजिल्यान्ड खेल्नेछन् ।

हरेक समूहका शीर्ष २ टोलीले प्रि-क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *