काष्ठमण्डपको पुनर्निर्माण सकियो, आज राष्ट्रपतिले उद्घाटन गर्ने
मकालु खबर
२०७८ चैत २१ गते
काठमाडौँ । विनाशकारी भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । पुनर्निर्माण शुरू भएको ३ वर्ष ८ महिनापछि पुनर्निर्माण कार्य सम्पन्न भएको हो ।
पुनर्निर्माण सम्पन्न भएको काष्ठमण्डपको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । विनाशकारी भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८ समिति गठन पुनः निर्माण सुरु भएको थियो ।
काष्ठमण्डप पुनर्निर्माण गर्न करिब ८ हजार क्युफिट नयाँ र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४ हजार ९ सय क्युफिट काठ प्रयोग भएको शाक्यले बताए । सोमबार उद्घाटन भएसँगै सर्वसाधारणका लागि पनि खुल्ला गर्ने समितिका अध्यक्ष शाक्यले जानकारी दिए ।
मकालु खबर
२०७८ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित