सेञ्चुरी बैंकद्वारा नयाँ वर्ष २०७९ को क्यालेडर सार्वजनिक
मकालु खबर
२०७८ चैत २३ गते
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी बैंकको नयाँ वर्ष २०७९ को ‘सेञ्चुरी क्यालेडर’ सार्वजनिक गरेको छ ।
बैंकका अध्यक्ष अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमका बीच ‘सेञ्चुरी क्यालेण्डर( २०७९’ सार्वजनिक गरेका हुन् ।
वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका माध्यमहरु लगायत विभिन्न बैंकिङ्ग सेवाहरुलाई समावेश गरिएको छ । यसबाट वित्तीय साक्षरता र डिजिटल बैंंकिङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
मकालु खबर
२०७८ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित