वीरेन्द्रनगरमा लागूऔषध कारोबार गर्ने दुई पक्राउ
सुर्खेत । भाडाको घरमा लागूऔषध कारोबार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो १२ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–१० पदमपुरमा कोठा भाडामा बस्दै आएका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगरपालिका–१३ बस्ने २५ वर्षीय वर्णबास बोहोरा र सोही ठाउँका २८ वर्षीय भिमा तामाङ छन । उनीहरूले लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र ब्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बोहराको कोठा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने ९खैरो पदार्थ० आठ ग्राम ६७० मिलिग्राम, सेतो हिरोईन जस्तो देखिने पदार्थ सात ग्राम १४० मिलिग्रामम, डिजिटल तराजु दुई थान, एटिएम कार्ड र नगद एक लाख ५६ हजार १२० रुपैया बरामद गरिएको छ । हाल दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।