होटल वाटर टावर सिद्धार्थ हस्पिटालिटीले १ वैशाखबाट सञ्चालन गर्ने
काठमाडौँ । नुवाकोटको विदुर नगरपालिकामा सञ्चालनमा रहेको होटल वाटर टावरको व्यवस्थापन अब सिद्धार्थ हस्पिटालिटीले सम्हालेको छ ।
विभिन्न होटलको व्यवस्थापन सम्हाल्दै आएको सिद्धार्थ हस्पिटालितीले अब वाटर टावरको व्यवस्थापन हेर्ने भएको हो ।
उक्त होटल अब वैशाख १ २०७९ देखि ‘सिद्धार्थ होटेल वाटर टावर’को नाममा सञ्चालनमा ल्याउन लागको होटल सञ्चालक धु्रवप्रसाद रिमालले बताए ।
होटल व्यवस्थापनका अनुसार उक्त होटलमा ३३ वटा सुविधा सम्पन्न कोठा, सभाहल, रेष्टुरेन्ट तथा बारलगायत सुविधा छन् ।
केही समयपछि नै होटलले ५ सय जनाभन्दा बढी क्षमताको हल, स्विमिङ पुल, हेल्थ क्लव, डाइन रेष्टुरेन्ट र प्राइभेट डाइनिङ रुम लगायतका संरचना थप्ने छ ।
होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इन्स्टिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले २९ वटा शाखामार्फत सेवा दिइरहेको छ ।
सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ भने भैरहवामा पाँचतारे होटल सञ्चालनको तयारी गरिरहेको छ ।