पत्रकारिता पेसामा जिम्मेवारीपूर्वक प्रस्तुत हुन मुख्यमन्त्रीको आग्रह
विराटनगर । प्रदेश १ को पत्रकारिता क्षेत्रको विकासको लागि सरकारले सहयोग गर्ने बचन दिएको छ ।
प्रदेश १ पत्रकार महासंघको आयोजनामा विराटनगरमा भएको पत्रकारहरूको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पत्रकारिताको विकासको लागि क्षमताले भ्याएसम्म सहयोग गर्ने बचन दिएका हुन् ।
मुख्यमन्त्री राईले पत्रकारिता जिम्मेवार पेसा भएपनि कहिलेकाहीँ जिम्मेवार पूर्ण प्रस्तुति नहुँदा व्यक्तिगत, सामाजिक कुरामा असहज अवस्था सिर्जना हुने भएकोले जिम्मेवारीपूर्वक प्रस्तुत हुन आग्रह गरे ।
राईले पत्रकारिताको शक्तिलाई जिम्मेवारपूर्वक प्रयोग गर्न आग्रह गरे । मुख्यमन्त्री राईले प्रदेश सरकारले पत्रकारको हकहितका लागि महत्व दिएको बताउँदै आर्थिक कार्यक्षेत्र र ऐन कानुनको सीमाले भ्याएसम्म यो क्षेत्रलाई सहयोग गर्ने बताए ।
नेपाल पत्रकार महासंघ प्रदेश १ का हरेक जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रदेश सम्मेलनमा सहभागी छन् ।