सुर्खेत र कालिकोटमा पनि गठबन्धनले चुनावी तालमेल गर्ने

सुर्खेत । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सुर्खेतमा पनि पाँच दलीय गठबन्धन बनेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतले पनि पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा होम्मिने निर्णय गरेको हो ।

बिहीबार पाँच दलले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेतमा रहेका नौ वटै पालिकामा गठबन्धन बनाएर निर्वाचानमा होम्मिने प्रतिबद्धता जनाएका छन् ।

सुर्खेत जिल्लाका नौ वटै पालिका, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गरि जाने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, गठबन्धनको मूल मर्म अनुसार अघि बढन कायकर्तालाई निर्देशन समेत दिइएको छ । विज्ञप्तिमा नेकपा (एकीकृत समाजवादी)बाट मोहन बडुवाल, नेपाली कांग्रेसबाट जिल्ला सभापति खड्क पोख्रेल, नेकपा (माओवादी केन्द्र) बाट जिल्ला इन्चार्ज झकबहादुर मल्ल, राष्ट्रिय जनमोर्चाबाट गोविन्द सुवेदी र जसपाबाट टोपबहादुर दर्लामीले संयुक्त रूपमा जारी विज्ञिप्तिमा हस्ताक्षर गरेका छन् ।

यस्तै, कालिकोटमा पनि बिहीबार बसेको गठबन्धनको बैठकले चुनावी तालमेल गरेरनै जाने निर्णय गरेको छ । नेपाली कांग्रेस कालिकोट जिल्ला सभापति अम्बरबहादुर शाहीको अध्यक्षतामा नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय मान्ममा बसेको गठबन्धनको बैठकले चुनावमा एकताबद्व भएर जाने समझदारी जनाएको छ ।

उक्त बैठकमा बैठकमा नेपाली कांग्रेसका नेता हिक्मत विष्ट, हर्षबहादुर बम, मनराज शाही, नेकपा (माओवादी केन्द्र) कालिकोट जिल्ला इन्चार्ज विष्णुबहादुर विश्वकर्मा, सह–इन्चार्ज यशोदा न्यौपाने, जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाईं, नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष विश्वराज बम, कालिकोट जिल्ला इन्चार्ज कुर्मराज शाही, जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष माधव उपाध्यायको सहभागी रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *