लिखु गाउँपालिका ७ ले युवा नेतृत्व खोज्दै

विराटनगर । ओखललढुंगाको लिखु गाउँपालिकामा अहिले चुनावी चहल पहल बढेको छ। गाउँमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा अहिले स्थानीय भन्दा पनि दलहरू सक्रिय छन् ।

दलहरू आफ्नो कुन उम्मेदवारलाई उठाउँदा जित्ला भन्ने अंकगणित अन्तिम अवस्थामा छन् । आकांक्षीहरू पनि कसरी हुन्छ उम्मेदवार बनी हाल्न पाए हुन्थ्यो भन्नेमा देखिन्छन् । अघिल्ला चुुनावहरूमा हाम्रालाई जिताउनु पर्छ र उम्मेदवार बनाउनु पर्छ भन्नेहरू २०७९ सालको निर्वाचनमा आउँदा केही आफ्नालाई च्यापेपनि राम्रो र केही गर्न सक्ने खालको नेतृत्व ल्याउनु पर्छ भन्नेमा केन्द्रित देखिएका छन् ।

नेकपा एमाले लिखु गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष विजय बस्नेत राम्रा र युवालाई उम्मेदवार बनाउन पार्टीले कन्जुस्याई गर्न नहुने बताउँछन् । उमेरले ३१ बर्षीय बस्नेत आफैँ पनि वडा अध्यक्षको उम्मेदवारको आकांक्षी भएको बताउँछन् ।

युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य तथा लिखु गाउँपालिकाको वडा नम्बर ७ को अध्यक्षको नाताले राम्रो मान्छेलाई पालिका र वडाको नेतृत्वमा ल्याउनु पर्ने उनको भनाई छ। नागरिकका दुःखसुखमा साथ दिने खालको नेतृत्व नागरिकले चाहेकोले युवाको सक्रियता बढाउनु पर्ने अवस्था रहेको उनले बताए । ‘पार्टीको संगठन बनाएको, विकास निर्माणमा चासो राख्ने र नागरिकका दुःखसुखामा साथ दिने खालको नेतृत्व पालिका र वडाहरूले खेजेका छन्, उनले भने, युवालाई अघि बढाउन सकिन्छ भन्ने नागरिकको बुझाई छ।’

लिखु गाउँपालिका वडा नम्बर ७ मा यसअघि नेकपा एमालेबाट नै जितबाहदुर कार्की वडा अध्यक्षमा निर्वाचित भएका थिए । यस अघिको अध्यक्षले पनि राम्रो काम गरेको भएपनि एक पटक निर्वाचित जनप्रतिनिधि नदोहोर्याउँदा राम्रो हुने उनको बुझाई छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *