प्रजातन्त्रवादी चिकित्सक संघ कर्णाली संयोजकमा डा. केसी
सुर्खेत । प्रजातन्त्रवादी चिकित्सक संघ कर्णाली प्रदेशको संयोजकमा डाक्टर नवराज केसी चयन भएका छन् । शुक्रवार वीरेन्द्रनगरमा भएको संघको कर्णाली प्रदेशको कार्यसमिति पदस्थापनको कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
प्रदेश उप–संयोजकमा डा. सुशील समदर्शी, डा. शुभ श्रेष्ठ, डा. कमल थानी, डा. किशोर विष्ट र प्रदेश महासचिवमा डा. विकास खड्का सर्वसम्मत चयन भएका हुन् ।
यस्तै, प्रदेश सचिव डा. रोशन श्रेष्ठ, डा. तुफानसिंह कठायत र डा. कोषाध्यक्षमा डा. कृतिका थापा ९श्रेष्ठ० सर्वसम्मत चयन भएका हुन् ।
साथै सदस्यहरूमा डा. शक्ति सुवेदी, डा. रोशनी खत्री, डा. सुवास शर्मा, डा. धर्मराज रेग्मी, डा. पारस पौडेल, डा. अर्चना कार्की र डा. जीवन ज्ञवाली चयन भएका हुन् ।
यस्तै, वरिष्ठ सल्लाहकारमा संयोजकमा प्राडा. डम्बर खड्का, सल्लाहकारमा डा. सञ्जु खड्का र डा. विकास केसीलाई तोकिएको छ ।