मुक्तिनाथ विकास बैंंकका सीईओ पोखरेल म्यानको कार्यसमितिमा निर्वाचित
मकालु खबर
२०७८ चैत २८ गते
काठमाडौँ । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) एवमं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रद्युम्न पोखरेल नेपाल व्यवस्थापन संघ(म्यान)को कार्यकारिणी समितीमा व्यक्तिगततर्फ अत्याधिक भारी मत ल्याई विजयी भएका छन् ।
शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताको मत संख्याका बारे जानकारी गराइएको थियो ।
सीईओ पोखरेलको नेतृत्वले बैंकका सबै कर्मचारीमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको जनाएको छ ।
मकालु खबर
२०७८ चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित