निर्वाचन सर्ने विषयमा सोच्न पनि सकिँदैन : आयोग

विराटनगर । निर्वाचन आयोगले निर्वाचन सर्ने विषय सोच्न पनि नसकिने बताएको छ ।

निर्वाचन आचारसंहिताबारे विराटनगरमा आयोजना भएको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको रकेट उडिसकेकोले त्यो नरोकिने बताएका हुन् । प्रमुख आयुक्त थपलियाले अझै पनि निर्वाचन हुँदैन कि भन्ने भ्रम नपाल्न उनले आग्रह गरे ।

आयोगले ३० जिल्लाको मतपत्र छापिसकेको, निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा निर्वाचन सर्ने कुरा सोच्नै नसकिने थपलियाले बताएका हुन् ।

‘एकछिन रोक्न पनि सकिएला, अर्को एयरपोर्टमा लैजान सकिएला, अहिले त निर्वाचनको रकेट प्रक्षेपण भइसकेको अवस्था हो’, थपलियाले भने, ‘यस्तो बेलामा निर्वाचन भएन भने लोकतन्त्रले नै हार्छ ।’

निर्वाचनको समयमा पत्रकारहरूले तथ्यमा रहेर समाचार लेखिदिनुपर्ने बताए ।

प्रमुख आयुक्त थपलियाले अघिल्लो स्थानीय तह निर्वाचनबाट ४१ प्रतिशत महिलाको पहुँच कायम भएकोमा यस पटक ४५ प्रतिशत पुगोस भन्ने चाहना रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *