च्याम्पियन्स लिग

भिल्लारियल सेमिफाइनल, बाहिरियो बायर्न म्युनिख

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा उपाधि दाबेदार वार्यन म्युनिखलाई क्वाटरफाइनलमानै हराउँदै भिल्लारियल अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ । मंगलबार राति जर्मन क्लब म्युनिखको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा भिल्लारियलले १-१ गोलको बराबरी खेलेसँगै समग्रमा २-१ को जित निकाल्दै १६ वर्षपछि सेमिफाइनल यात्रा तय गर्‍यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा म्युनिखले दोस्रो हाफमा अग्रता लिएको थियो । तर स्यामुयल चुक्वेजले अन्तिम समयमा बराबरी गोल फर्काउँदै टीमलाई २००५-०६ को सिजनपछि पहिलो पटक सेमिफाइनलको यात्रा गराउन सफल रहे ।

भिल्लारियलले पहिलो लेगमा १-० ले नतिजा आफ्नो पक्षमा पारेको थियो। तर दोस्रो लेगमा खेलमा पुनरागमन गर्ने ध्याउनमा रहेको म्युनिखले ५२औं मिनेटमा गोलको खडेरी तोड्दै खेलमा १-० को अग्रता बनायो । रोवर्ट लेवान्डोस्कीले एलियन्ज एरेनामा थोमस मुलरको पासलाई सदुपयोग गर्दै वार्यनलाई खेलमा फर्काएका थिए ।

तर घरेलु समर्थकको खुसी लामो समय टिक्न सकेन । ८८औं मिनेटमा चुक्वेजले मोरेनोको पासलाई सदुपयोग गर्दै वार्यनलाई स्तब्ध बनाए । खेलमा वार्यनले अधिकांस समय नियन्त्रणका बाबजुत गोलका प्रयास गरेपनि सफल हुन नसक्दा दोस्रो लेग १-१ को बराबरीमा रोकिन पुग्यो ।

बराबरीको नतिजासँगै पहिलो लेगको १-० को हार म्युनिखलाई च्याम्पियन्स लिगबाट बाहिर पठाउन पर्‍याप्त भएको थियो । अब सेमिफाइनलमा लिभरपुल र बेनिफिकाबिचको विजेतासँग भिल्लारियलले प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *