सेञ्चुरी बैंकको सीईओमा मनोज न्यौपाने
मकालु खबर
२०७८ चैत ३० गते
काठमाडौँ । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपानेले नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिले कामू सीईओको जिम्मेवारीमा रहेका न्यौपानेलाई सीईओमा नियुक्त गरेको हो ।
यसअघि गत असारमा बैंकका सीईओ तुलसीराम गौतमले राजीनामा दिएपछि बैंकको सीईओ पद खाली रहेको थियो ।
गौतम बाहिरिएपछि न्यौपानेलाई कामु सिईओको जिम्मेवारी दिइएको थियो ।
मकालु खबर
२०७८ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित