कंगोमा मारिएका नेपाली सेनाको भेरीमा अन्त्येष्टि (तस्वीरसहित)

सुर्खेत । कंगोमा मारिएका नेपाली सिपाहीको बुधबार अन्तिम दाहसंस्कार गरिएको छ । नेपाली सेनाको टोलीले चैत २९ गते नेपालमा ल्याएर बुधबार घरपरिवार सँगै नेपाली सेनाबाट सम्मान गर्दै सुर्खेतको भेरीमा अन्तिम दाहसंस्कार गरिएको हो ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ जहरे घर भएका नेपाली सेना अनिल गुरुङ कंगोमा संचालन भएको अपरेशन बालीको दौरानमा रहेकाबेला गत चैत २२ गते विद्रोहीको फायरबाट घाइते भई बुनियाँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित श्रद्धाञ्जलि तथा अन्तिम सम्मान अपर्ण कार्यक्रम गर्दै प्रधान सेनापति महारथी प्रभुराम शर्माले श्रद्धाञ्जलि दिएका थिए ।

प्रधान सेनापति शार्माले सम्मान स्वरुप शान्ति सैनिकको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जतली स्वरुप फूलमाला अर्पण गर्नु भएको थियो भने रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

यस्तै, मंगलबार काडमाडौँमा नेपाली सेनाका बलाधिकृत, बलाध्यक्ष लगायत रथीवृन्द, अधिकृत, पदिक तथा उपस्थित परिवारजनले पार्थिव शरीरमा फूलमाला अर्पण गरेपश्चात नेपाली सेनाको टुकडीले अन्तिम सम्मान स्वरुप सलामी अर्पण गरेको थियो ।

सोही कार्यक्रममा प्रधान सेनापति शर्माले मनसुको मिसका फोर्स कमाण्डरले पठाएको समवेदना–पत्र र अन्तिम दाहसंस्कारको लागि नेपाली सेनाबाट प्रदान हुने रकम मृतकका परिवारजनलाई हस्तान्तरण गरेका थिए ।

यस्तै, उक्त श्रद्धाञ्जलि तथा अन्तिम सम्मान कार्यक्रम पश्चात स्वर्गीय अनिल गुरुङको मृत शरीरलाई नेपाली सेनाको हेलिकप्टरद्वारा सुर्खेत ल्याएर परिवारलाई हस्तान्तरण गरी नेपाली सेनाको स्थान विशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *