मदिरा खाएर शरीरमा आगो लगाएका अम्मरको मृत्यु

कञ्चनपुर । कैलालीमा आफ्नै शरीरमा आगो लगाएर एक युवकले प्राण त्याग गरेका छन् । बिहीबार राति मदिरा खाएर आफ्नै शरीरमा डिजेल छर्की आगो लगाएका जिल्लाको कैलारी गाउँपालिका-२ मझेराका २९ वर्षीय अम्मर चौधरीको मृत्यु भएको छ ।

उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *