कैलालीका अर्जुन दासको विभत्स हत्याका ४ अभियुक्त सार्वजनिक

काठमाडाैँ । कैलालीमा अर्जुन दासको विभत्स हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा फरार रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका ९ कै १९ वर्षीय युवाहरू सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बमबहादुर बोहोरा रहेका छन् । उनीहरूको समूहले ‘दासलाई मोबाइल चोरी गरेको आरोपमा लागूऔषध सेवन गरेको अवस्थामा हत्या गरेको अनुसन्धानबाट खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए । रुपन्देही सिमानाकाबाट गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरूलाई पक्राउ गरिएको उनले बताए ।

उनीहरूलाई थप अनुसन्धानका लागि कैलाली जिल्ला प्रहरी कार्यालय पठाइएको छ । गत वर्ष पुस २ गते घरबाट निस्केका जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन रातिसम्म घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा उनको शव फेला पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *