कैलालीमा जसपा गठबन्धन बाहिर, छुट्टै गठबन्धनकाे तयारी
२०७९ वैशाख ३ गते
धनगढी । सत्ता गठबन्धन दलमा रहेको जनता समाजवादी पार्टी (जसपा) कैलालीमा भने अन्य दलसँग मिलेर नयाँ गठबन्धनमा लागेको छ ।
आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि कैलालीमा जसपासहित चार दलले गठबन्धन गरेर जाने निर्णय गरेका छन् ।
शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीले तालमेल गर्ने जनाएका हुन् ।
वैशाख १ गते बसेको संयुक्त बैठकबाट आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति कैलालीमा चार दलीय निर्णय गरिएको नेपाल लोकतान्त्रिक पार्टी कैलालीका अध्यक्ष माधव थारूले बताए ।
२०७९ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित