काँग्रेस सभापति सवार जीप दुर्घटना, एकको मृत्यु
बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाँउपालिका ४ देउलेखमा भएको दुर्घटनामा सुर्मा गाउँपालिकाका विनोद बोहराको मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले बताए । उनका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् ।
घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएकोे छ । जीपमा तीन जना महिला र ६ जना पुरुष गरि ९ जना सवार रहेको बुझिएको छ ।
सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका ४ देउलेख बजार नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जीपमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहराको परिवार सवार रहेको जिल्ला प्रहरी कार्यालयप्रले जनाएको छ । गएराति साढे १२ बजे तिर दुर्घटना भएको जीप दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।