युनिलिभरद्वारा हिमाल सफाइ अभियानमा सहकार्य
काठमाडौँ । युनिलिभरले ‘हिमाल सरसफाई अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंश रूपमा युनिलिभरले नेपाली सेनासँग हातेमालो गर्न लागेको जनाएको छ ।
नेपालका लागि जे राम्रो छ त्यसको पक्षमा उभिने र विश्वास गर्ने भन्दै युनिलिभरले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग दोस्रो पटक सहकार्य गरेको जनाएको छ । हिमालको संरक्षण गर्ने र चुचुरो÷हिमाल हरू सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो ।
फोहरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ । फोहोरमैला व्यवस्थापनमा लापरवाहीले हिमालको सौन्दर्यलाई तहसनहस पार्नुका साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ ।
नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डा काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाइ दिएका छन् ।
‘हिमाल सफाइ अभियानलाई अभियानको सफलताका लागि विश्वसनीय र प्रतिबद्ध साझेदारीको आवश्यकता पर्दछ र हामी युनिलिभरसँग नेपालमा यसलाई निरन्तरता दिन पाउँदा उत्साहित छौँ,’ सहारक रथी खड्काले भने ।
युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘यस निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौँ ।’
नेपाललाई आफ्नो शिखरहरूको लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशील रहेको उल्लेख गर्दै उनले युनिलिभरले कञ्चनजंघा हिमालको सफाइभन्दा अर्को राम्रो कारण फेला नपारेको बताए ।