सेञ्चुरी बैंकले तल्लो चिरखुवा जलविद्युत् आयोजनामा लगानी गर्ने
मकालु खबर
२०७९ वैशाख ५ गते
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ४.०६ मेगावाटको तल्लो चिरखुवा जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । बैंकको एकल लगानी रहेको उक्त आयोजनाको सोमबार वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा भएको हो ।
प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो । तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टी प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ ।
यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेका छन् ।
उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको छ ।
मकालु खबर
२०७९ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित