बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन शुरु (तस्बिरहरू)

काठमाडौँ । सरकारले देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन शुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन शुरु गरेको हो ।

आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइनेछ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो ।

भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । वर्षमा दुई पटक पहिलो चरणमा २ र ३ कात्तिक तथा दोस्रो चरणमा ६ र ७ वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।

गत फागुन र चैतमा हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन भएका जिल्लाहरूमा त्यहाँका बालबालिकाहरूले जुकाको औषधि खाएको हुनसक्ने भएकाले ती जिल्लामा बालबालिका वा तिनका अभिभावकलाई सोधेर मात्रै जुकाको औषधि खुवाउन सरकारले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *