मधेस प्रदेशमा ३३ लाख बढी मतदाता, २ हजार १६३ मतदान स्थल

काठमाडाैँ । मधेस प्रदेशमा स्थानीय तह निर्वाचनका मतदाताकाे संख्या ३३ लाख ३१ हजार १७० जना कायम भएकाे छ ।

प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशभर पुरुष मतदाताकाे संख्या १७ लाख ९७ हजार ९४५ तथा महिला मतदातकाे संख्या १५ लाख ३३ हजार १५८ र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाता रहेका छन् ।

निर्वाचन आयोग नेपालले २०७९ साल वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावलीसमेत समावेश गरिने हुँदा सो संख्यामा मतदाताले मतदान गर्न पाउने अधिकार प्राप्त हुने प्रादेशिक निर्वाचन कार्यालयका श्रीधर पन्तले जानकारी दिए ।

निर्वाचन कार्यालयकाअनुसार धनुषामा पुरुष २ लाख ४८ हजार ८४०, महिला २ लाख १८ हजार ५४२ र अन्य ६ जनासहित कूल ४ लाख ६७ हजार ३८८, महोत्तरीमा पुरुष २ लाख १२ हजार २०३, महिला १ लाख ७९ हजार ३७३ र १ जना अन्यगरी जम्मा ३ लाख ९१ हजार ५७७ र सर्लाहीमा २ लाख ५७ हजार १३८ पुरुष, २ लाख १७ हजार २९२ महिला र अन्य ९ गरी कूल ४ लाख ७४ हजार ४३९ मतदाता रहेका छन् ।

त्यसैगरी सप्तरीमा २ लाख १३ हजार ८९२ पुरुष, १ लाख ९८ हजार ५३२ महिला र अन्य २१ गरी कूल ४ लाख १२ हजार ४४५ र सिरहामा २ लाख १९ हजार ५६४ पुरुष, १ लाख ९४ हजार ६०० महिला र अन्य २ गरी जम्मा ४ लाख १४ हजार १६६ कायम भएको छ ।

रौतहटमा पुरुष २ लाख २२ हजार ९४५, महिला १ लाख ८५ हजार ४६, अन्य १ जना गरी जम्मा ४ लाख सात हजार ९९२, बारामा २ लाख ३१ हजार ८२६ पुरुष, १ लाख ९१ हजार ४९० महिला र ११ अन्यसहित कूल ४ लाख २३ हजार ३२७ र पर्सामा १ लाख ९१ हजार ५३७ पुरुष, १ लाख ४८ हजार २८३ महिला र १६ जना अन्यसहित कूल ३ लाख ३९ हजार ८३६ जना मतदाताले मतदान गन पाउने प्रादेशिक निर्वाचन कार्यालयका पन्तले जानकारी दिए ।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मतदान गर्न प्रदेशभरि २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।

कायम गरिएको मतदानस्थल र केन्द्रअनुसार सप्तरीमा २९७ मतदानस्थल, ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल, ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल, ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल, ४९७ मतदान केन्द्र, सर्लाहीमा ३१८ मतदानस्थल, ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल, ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल,
५४१ मतदान केन्द्र र पर्सामा १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । ८ गतेदेखि स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोलिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *