पाकिस्तानको डाडुमा आगलागी हुँदा ९ बालबालिकाको मृत्यु

२०७९ वैशाख ७ गते

आगलागी
काठमाडौँ । पाकिस्तानको डाडुमा आगलागी हुँदा कम्तीमा नौ जना बालबालिकाको मृत्यु भएको छ।
डाडु जिल्लास्थित मोहम्मद डार्यानी चान्डीओ नामको गाउँमा भएको उक्त आगलागीमा परी ९ बालबालिकाको मृत्यु हुनुको साथै अन्य २० जना समेत घाइते भएका छन्। घाइते भएकाहरूलाई अस्पताल भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सकहरूले जनाएका छन्।
आगलागीका कारण ५० घरमा क्षति भएको बताइएको छ।

२०७९ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित