विराटनगरको मेयरमा महानगरबाट सिफारिस नभएका पूर्व मन्त्री घिमिरेको नाम प्रदेशले थप्यो
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरकोलागि स्थानीय तह विराटनगर महानगरपालिकाबाट पाँच जजनाको मात्र नाम सिफारिस भएको थियो ।
त्यो ५ जनामा जीवन घिमिरेको नाम थिएन । पूर्व मन्त्री घिमिरे बाहेक महानगरको मेयरमा नगर कमिटीबाटै सिफारिस भएर आएका केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, पर्शुराम बस्नेत र महेश भट्टराई र महानगरका अध्यक्ष सागर थापाको नाम सिफारिस भएको थियो ।
विराटनगर महानगरपालिकाबाट प्रदेश समितिमा पुगेको नामलाई नेकपा एमाले प्रदेश कमिटिले थप गरेर केन्द्रीय कमिटिमा पठाएको हो । प्रदेश १ कमिटीले विराटनगर महानगरपालिकासहित इटहरी र धरान उपमहानगरका आकाक्षी मेयर र उपमेयरहरूको नाम सिफारिस गरेको छ । विराटनगरमा बसेको प्रदेश कमिटीका पदाधिकारीसहित उपलब्ध स्थायी कमिटी सदस्यसहितको बैठकले विराटनगरको मेयरमा टिप्पाणी सहित जीवन घिमिरको पनि नाम सिफारीस गरेको हो ।
उपमेयरका लागि शिल्पा कार्की, विमला दाहाल घिमिरे र अन्जु उपाध्याय ९शिवा०को नाम सिफारिस गरेको नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका सचिव चिन्तन पाठकले जानकारी दिए ।
महानगरपालिकाको मेयर र उपमेयर टुंगो लगाउन प्रदेश कमिटीलाई नाम सिफारिस गर्ने र केन्द्रीय कमिटीले निर्णय गर्ने व्यवस्था रहेकोले आएका नामहरुमा छलफल हुने सचिव पाठकले जानकारी दिए ।