बझाङमा टुंगियो भागबण्डा : १२ पालिकामध्ये काँग्रेसलाई सात

बझाङ । सत्ता गठबन्धन दलले बझाङमा पालिकाको भागबण्डा टुंग्याएका छन् । गठबन्धनका तीन दलको बुधबार बसेको बैठकले पालिका बाँडफाड गरेको हो । बैठकले जिल्लाका १२ स्थानीय तहमध्ये सात नेपाली काँग्रेसलाई, तीन वटा नेकपा (एकीकृत समाजवादी) र दुई स्थानीय तह नेकपा माओवादी केन्द्रको भाग लगाउने निर्णय गरेको छ ।

नेपाली काँग्रेसको भागमा दुई नगरपालिकासहित पाँच गाउँपालिका परेका छन् । जसमा जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, साइपाल गाउँपालिका मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका छन् ।

यस्तै एकीकृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ । माओवादी केन्द्रले भने दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ। यस्तै उपप्रमुखमा नेपाली काँगेसले ६, समाजवादीले दुई पालिका र माओवादी केन्दले चार पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *