वीरगन्जमा एमाले र लोसपाको तालमेल

काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले तालमेल गर्ने भएका छन् । बिहीबार वीरगन्जमा संयुक्त पत्रकार सम्मेलन गरी दुई पार्टीबीच तालमेलको सहमति भएको जानकारी दिइएको हो ।

सहमति अनुसरा आगामी स्थानीय तहको चुनावमा एमालेले मेयर र लोसपाले उपमेयरमा उम्मेदवारी दिने भएको छ । एमालेले वीरगन्जका मेयर विजय सरावगीलाई नै निरन्तरता दिने गरी सिफारिस गरिसके पनि लोसपाले उपमेयरमा कसलाई उठाउँछ भन्नेबारे खुलाएको छैन ।

बुधबार सत्तारुढ गठबन्धनमा भएको सिट बाँडफाँड अनुसार वीरगन्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टीको भागमा परेको छ । उपमेयरमा भने कांग्रेसले उम्मेदवारी दिने सहमति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *