तोलामा ३ सयले बढ्यो सुनको भाउ, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि बुधबार नेपाली बजारमा प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य १ हजार ६ सय रुपैयाँ कायम भएको थियो । बुधबार तेजाबी सुनको मूल्य १ लाख १ सय रुपैयाँमा झरेको थियो ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदीको मूल्यमा प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *