चुनावको मुखमा प्रदेशसभा सदस्य पदबाट राजीनामा
मकालु खबर
२०७९ वैशाख ८ गते
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले आफ्नो सदस्य पदबाट आज राजीनामा दिएका छन्।
यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनका लागि सो पदबाट आज राजीनामा दिएको उनले जानकारी दिएका छन्। चितवनको क्षेत्र नं २ को (ख) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित सदस्य सुवेदीले आज प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष लिखित रूपमा आफ्नो सदस्य पदबाट राजीनामा पत्र बुझाएको जानकारी दिएका हुन्।
मकालु खबर
२०७९ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित