निर्माणाधीन मदन–आश्रित शालिक तोडफोड; फाउण्डेशनको ध्यानाकर्षण

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति मदन भण्डारी फाउण्डेसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

फाउण्डेशनका सचिव पेम्बा लामाले आज एक विज्ञप्ति जारी गरी लोकतान्त्रिक र सामाजिक रूपान्तरणको आन्दोलनमा होमिएबापत मृत्यु वरण गर्नुपरेका दुई लोकप्रिय नेताका नाममा स्थापित संरचनालाई क्षति पुर्याउनु विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहार भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा लोकतन्त्रको उच्चतम् अभ्यासका रूपमा रहेको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएसँगै भएको यो घटनाले लोकतान्त्रिक शक्तिलाई चुनौती दिएको अनुभूति भएको जनाउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *