कांग्रेसद्वारा निर्वाचन आयोग समन्वयन उपसमितिमा सदस्य थप
मकालु खबर
२०७९ वैशाख ९ गते
काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा सदस्य थप गरेको छ।
पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा रहेको निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा आठ सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। थप भएका सदस्यमा किरण गिरी काठमाडौँ, आनन्द सन्तोषी राई धनकुटा, डिपी अर्याल धादिङ, डिपी उपाध्याय कैलाली, गणेश केसी काठमाडौँ, श्याम विश्वकर्मा सङ्खुवासभा, दिलीपाश्री अधिकारी स्याङ्जा र मनोज चौधरी सुनसरी रहेका छन्।
यसअघि पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो।
मकालु खबर
२०७९ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित