कैलाली कांग्रेसमा किचलो : धनगढीका वडा सभापतिसहित ९१ जनाले दिए राजीनामा (पत्रसहित)

धनगढी । कैलालीमा गठबन्धविरुद्ध कांग्रेसभित्र किचलो सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै धनगढीमा वडा सभापतिसहित ९१ जनाले सामूहिक राजीनामा दिएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहित कांग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्कालगायतका नेता कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका हुन् ।

धनगढी उपमहानगरपालिका–१८ मा अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएपछि उनीहरुले राजीनामा दिएका हुन् ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा उक्त वडा माओवादी केन्द्रले जितेका कारण भागबण्डाका क्रममा माओवादीले नै पाउने भएपछि कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *