मेयर हारेका यादव विराटनगरको उपमेयरमा सिफारिस

जसपाले मेयरमा पराजित यादवसहित ८ जनाको नाम सिफारिस गरेको हो

विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयर बन्नका लागि जनता समाजवादी पार्टी (जसपा)ले ८ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसले मेयर पाउने भएपछि मेयरका आकाङ्क्षी र उपमेयरका आकाङ्क्षी दुवै जनाको नाम उपमेयरको लागि सिफारिस गरेको हो ।

विराटनगरमा गठबन्धन हुने पक्कापक्की भएपछि जसपाले आफ्ना उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको हो । उपमेयरमा यसअघिको स्थानीय तह निर्वाचनमा मेयरमा उठेर पराजित भएका उमेश यादवको नाम पनि सिफारिस गरिएको छ ।

उनले ०७४ को स्थानीय तह निर्वाचनमा १४ हजार ९ सय ५८ मत प्राप्त गरेका थिए । यादवलाई पराजित गर्दै मेयरमा विजयी भएका नेपाली कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरेका थिए ।

जसपाले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाईसमेत उपमेयरमा सिफारिस गरेको छ । यस्तै डा रामविलास यादव, मो. नसरूल, भुराज राई, विमला अर्याल, सदिना खातुन र कुन्ता राईको नाम उपमेयरमा सिफारिस भएको जसपा विराटनगर नगर समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *