गण्डकीका २९ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार (नामावलीसहित)
मकालु खबर
२०७९ वैशाख १० गते
पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशका २९ पालिकामा आफ्ना प्रमुखहरूको नाम टुंगो लगाएको छ।
एमालेले प्रमुखको मात्र नभई २० पालिकाको उपप्रमुख समेत टुंगो लगाइसकेको छ भने मनाङ र मुस्ताङका सबै पालिकामा टिकट वितरणसमेत गरिएको छ। गण्डकीमा एमालेले गोरखाको २, लमजुङको १, तनहुँको १, कास्कीको १, स्याङजाका ३, म्याग्दीका ४, पर्वतको एक, बागलुङका ५ र नवलपुरका २ पालिकाको टिकट टुंगो लगाएको प्रदेश कमिटीले जनाएको छ।
एमाले प्रदेश कमिटीका अनुसार बाँकी पालिकाको टिकट पनि आज शनिबारभित्रै टुंगो लागिसक्नेछ।
नामावलीः
- गोरखास्थित अजिरकोट गाउँपालिकामा शेखरनाथ न्यौपाने
- गोरखास्थित चुमनुब्री गाउँपालिकामा सुकबहादुर गुरुङ र सानु गुरुङ
- लमजुङस्थित क्होंलासोंथर गाउँपालिकामा सूर्यप्रसाद गुरुङ
- तनहुँस्थित आँबूखैरेनी गाउँपालिकामा ऋषि केसी
- कास्कीस्थित रूपा गाउँपालिकामा नवराज ओझा र लालसुब्बा गुरुङ
- मनाङस्थित मनाङ ङिस्याङ गाउँपालिकामा कान्छा घले छिरिङ र धावा गुरुङ
- मनाङस्थित चामे गाउँपालिकामा लोकेन्द्र घले र आशकुमारी गुरुङ
- मनाङस्थित नासों गाउँपालिकामा मनबहादुर गुरुङ र अर्विन गुरुङ
- मनाङस्थित नार्पाभूमि गाउँपालिकामा ज्याप्ले गुरुङ
- स्याङजास्थित आँधिखोला गाउँपालिकामा विश्व पौडेल र सीता थापा
- स्याङजास्थित वालिङ नगरपालिकामा कृष्णबहादुर खाँड र खगीसरा थापा मगर
- स्याङजास्थित हरिनाश गाउँपालिकामा खीमनारायण मानन्धर
- म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिकामा भरतकुमार पुन र दिवाकुमारी तिलिजा
- म्याग्दीस्थित रघुगंगा गाउँपालिकामा प्रेमबहादुर कार्की र यामकुमारी गर्वुजा
- म्याग्दीस्थित मालिका गाउँपालिकामा वेगप्रसाद गर्वुजा
- म्याग्दीस्थित मंगला गाउँपालिकामा सतप्रसाद रोका
- पर्वतस्थित पैयूँ गाउँपालिकामा महेन्द्र श्रेष्ठ र यमकुमारी राना
- बागलुङस्थित तमानखोला गाउँपालिकामा देवेन्द्र छन्त्याल र टेकमति विक
- बागलुङस्थित ढोरपाटन नगरपालिकामा देवबहादुर नेपाली
- बागलुङस्थित ताराखोला गाउँपालिकामा ऋषिराम रोका र थममाया घर्ती
- बागलुङस्थित गलकोट नगरपालिकामा पूर्ण काउछा र रुपा विक
- बागलुङस्थित जैमिनी नगरपालिकामा लिला राना यमुना शर्मा
- मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिन्जिन गुरुङ र दिकी गुरुङ
- मुस्ताङस्थित लो घेकर दामोदर कुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट र छिरिङ ल्हामो गुरुङ
- मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा टसीनुर्बु गुरुङ र छिमि विष्ट
- मुस्ताङस्थित थासाङ गाउँपालिकामा प्रदीप गौचन र सुमिता शेर्पा
- मुस्ताङस्थित घरपझोङ गाउँपालिकामा सन्जयकुमार थकाली र मिमकुमारी शेरचन
- नवलपुरस्थित हुप्सेकोट गाउँपालिकामा चेतन राना र मनी पाण्डे
- नवलपुरस्थित मध्येविन्दु नगरपालिकामा भीमलाल अधिकारी
मकालु खबर
२०७९ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित