एकीकृत समाजवादी कास्कीको कार्यालयमा तालाबन्दी

२०७९ वैशाख १० गते

एमाले कास्कीमा तालाबन्दी
पोखरा । नेकपा (एकीकृत समाजवादी) कास्कीको कार्यलयमा तालाबन्दी भएको छ।
एकीकृत समाजवादी कास्कीले गठबन्धनको बैठकमा आफ्ना नेताहरूले अपमानजनक अवस्थाको सहमति गर्न लागेको भन्दै युवा संघ नेपाल र अनेरास्ववियूले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्। यतिबेला जिल्लामा गठबन्धन बैठक जारी छ। केन्द्रीय भागबण्डा अनुसार पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीले टिकट पाउने पक्का भएको छ। जिल्लामा रहेका बाँकी ४ गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको भागबण्डामा अझै सहमति निस्किएको छैन। नेताहरूले आ–आफ्नै अडान कायम राखेका कारण गठबन्धन नै भाँडिने संकेत पनि रहेको बताइएको छ।
लेकसाइडस्थित होटल थर्ड पोलमा बसेको सो बैठक करिब सहमति नजिक रहेको नेताहरूले बताइरहेका छन्।

२०७९ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित