कैलालीमा गठबन्धनको भागबण्डा टुंगियो
धनगढी । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीमा सत्ता गठबन्धन दलले भागबण्डा टुंग्याएका छन् । शनिबार बसेको गठबन्धनको बैठकले भागबण्डा टुंग्याउँदै चुनावी तालमेल गर्ने निश्चित गरेको हो ।
सहमति अनुसार कैलालीका १३ स्थानीय तहमध्ये विभिन्न सात स्थानीय तहको प्रमुख पाएको छ । त्यस्तै, नेकपा माओबादी केन्द्रले चार र नेकपा एकीकृत समाजबादीले दुई स्थानीय तह पाएको छ ।
कांग्रेसले धनगढी उपमहानगरपालिका, टिकापुर, लम्कीचुहा, गोदावरी, बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख पाउने सहमति भएको नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर वडले जानकारी दिए ।
यसैगरि गौरीगङ्गा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका र मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाउने सहमति भएको छ ।
त्यस्तै घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको सचिव सुनारले बताए । उनका अनुसार यसअघिको निर्वाचनमा एमालेले जितेका सात स्थानीय तहको भागबण्डा भएको हो ।
पालिका प्रमुखमा भागण्डा भइसकेपछि उपप्रमुखको भागबण्डाका विषयमा छलफल भइरहेको कांग्रेस कैलालीका सचिव सुनारले जानकारी दिए ।