एमालेले दमक र विर्तामोडमा महिला मेयर उठाउने
२०७९ वैशाख १० गते
विराटनगर । नेकपा एमालेले बिर्तामोड र दमकमा मेयरमा दुई महिला उम्मेदवार अघि सारेको छ। नेकपा एमालेले विर्तामोड नगरपालिकाको मेयरमा हालकी उपमेयर पवित्रा महतारा प्रसाईंलाई अघि सार्ने निर्णय गरेको हो ।
उपमेयरमा नरेन्द्र संग्रौलालाई उम्मेद्वार बनाउने निर्णय भएको नेकपा एमाले प्रदेश कमिटिले जनाएको छ। त्यस्तै दमक नगरपालिकामा पनि महिलालाई नै मेयरमा उठाउने निर्णय गरेको छ।
दमक नगरपालिकाको प्रमुखमा हालकी उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय भएका प्रदेश इन्चार्ज देवराज घिमिरे बताए ।
केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज अधिकारीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय भएको उनले जानकारी दिए । दमक नगरपालिकाको उपमेयरमा अम्बिका खनाललाई उम्मेदवार बनाउने भएको छ ।
२०७९ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित