ताप्लेजुङमा गठबन्धनप्रति समाजवादीको तिक्तता (प्रेस विज्ञप्तिसहित)

२०७९ वैशाख १० गते

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ताप्लेजुङमा गठबन्धन दलहरूप्रति आपत्ति व्यक्त गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।
एकीकृत समाजवादीले गठबन्धनमा आबद्ध दलहरूले आफूहरूको असहमतिका बाबजूद मनमौजी ढंगले बैठक बसी मापदण्ड उल्लङ्घन हुनेगरी चुनावी भागबण्डाका निर्णय गरेको भन्दै आपत्ति जनाएको छ। एकीकृत समावादी ताप्लेजुङका अध्यक्ष छिरिङ लामाले सार्वजनिक गरेको सो विज्ञप्तिमार्फत् गठबन्धनमा आबद्ध दलहरूले मापदण्ड विपरीतका गतिविधिलाई कायम राखेको खण्डमा गठबन्धनबाट बाहिरिएर आफ्नो पार्टी अघि बढ्नेतर्फ दलहरूको ध्यानाकर्षण गरेको छ।
साथै, समाजवादी ताप्लेजुङले आफ्ना नेता, कार्यकर्ता एवं शुभेच्छुकहरूमा पनि गठबन्धनबाट बाहिरिएर अघि बढ्नुपर्ने स्थितिसँग सचेत हुन आग्रह गरेको छ।
विज्ञप्तिः

२०७९ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित