धनकुटामा कांग्रेस ५ र माओवादीले २ पालिका बाँड्ने

विराटनगर । धनकुटामा नेपाली कांग्रेस र नेकपा माओवादीले पालिका बाँडफाँड गर्ने सहमती गरेका छन् । प्रमुखमा कांग्रेसले ५ र मओवादीले २ पालिका प्रमुख पाउनेगरि छलफल भएको छ । नेपाली कांग्रेसले ५, माओवादीले २ पालिका बाँडफाँड गर्ने निर्णय गरेको भएपनि अरु दललाई उपप्रमुख दिने तय भएको गठबन्धन दलका नेताहरुले बताएका छन् ।

धनकुटा, महालक्ष्मी, पाख्रीबास नगरपालिका साँगुरीगढी र छथर जोरपाटी गाउँपालिका कांग्रेसले राख्ने सहमती भएको छ । त्यस्तै सहिदभुमी र चौबिसे गाउँपालिका माओवादीले राख्ने सहमती भएको नेताहरुले बताएका छन् ।

सहमती भएको भनिएपनि अहिलेसम्म दलहरुले हस्पताक्षर गरिसकेका छैनन् । नेकपा एकिकृत समाजवादीलाई उपप्रमुख दिने सहमती नजिक पुगेको बताईएको छ। बैठक अझै बसिरहेकोले उपप्रमुख कुन पालिकामा कसलाई दिने भन्ने बारेमा अझै निश्कर्षमा पुग्न भने बाँकी रहेको नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसको भागमा परेको पाख्रीबास नगरपालिकाको मेयरमा ज्ञानबहादुर गुरुङलाई नेपाली कांग्रेसले उम्मेदवार बनाउने भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि पाख्रीबास नगरपालिकामा नेपाली कांग्रेसले पाख्रीबास नगरपालिका ४ का ज्ञानबहादुर गुरुङलाई उठाउने निश्चित भएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *