एमालेले प्रदेश १ काे धरान र ईटहरीकाे उम्मेदवार टुङ्यायाे

बिराटनगर । प्रदेश १ को दुई उपमहागरमा एमालेले उम्मेदवार टुंगो लगाएको छ। साँझ नेकपा एमालेको स्थायी समितिको बैठकले धरान र ईटहरीमा प्रमुख र उपप्रमुखको टुंगो लगाएको हो भने बिराटनगरमा अझै टुंगो लगाउन सकेको छैन ।

धरानको उपमहानगरपालिकाको मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

ईटहरीमा पनि यमकुमार सुब्बा र उपप्रमुखमा संगिता चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमालेका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

एमालेले प्रदेश १ को एक मात्र महानगरपालिकामा अझै मेयर टुंगो लगाउन सकेको छैन । ६ महानगरपालिका मध्ये बिराटनगरमा मात्र एमालेले मेयरको टुंगो लगाउन नसकेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *