कैलालीको भागबन्डामा कांग्रेस प्रदेश महामन्त्रीको असहमति, लेखे- ‘नोट अफ डिसेन्ट’ 

धनगढी । सत्ता गठबन्धन दलबीच कैलालीमा भएको भागबन्डाका विषयमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह ‘मनु’ले असहमति राखेका छन् । उनले प्रदेशका अन्य केही जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भइरहँदा कैलालीका सबै स्थानीय तहमा भागबन्डा गर्नुपर्ने कारण नभएको भन्दै असहमति जनाएका हुन् ।

उनले सामाजिक सञ्जालमा ‘नोट अफ डिसेन्ट’ लेख्दै कैलालीको भागबन्डामा आफ्नो पूर्ण असहमति रहेको बताएका छन् । गठबन्धनको महत्त्वपूर्ण छलफलमा केन्द्रीय सदस्यहरूले सल्लाह नै नदिएको पनि उल्लेख गरेका छन् ।

‘सुदूरपश्चिमका अन्य जिल्लामा कहीँ कुरा नमिले मित्रवत् प्रतिस्पर्धा गर्ने, तर कैलालीका हकमा सबै स्थानीय तहमा गठबन्धन गर्ने बाध्यात्मक परिस्थिति के आई लाग्यो ?,’ उनले प्रश्न गर्दै भनेका छन्, ‘गठबन्धन भए सबै जिल्लामा हुनुपर्छ, नभए कहीँ हुनुहुँदैन । मेरो पूर्ण असहमति ।’

कैलालीमा गठबन्धन दलबीच जिल्लाका १३ पालिकामध्ये कांग्रेसले सात पालिका, नेकपा माओवादी केन्द्रले चार पालिका र नेकपा एकीकृत समाजवादीले दुई पालिका पाउने गरी भागबन्डा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *