विराटनगरमा महिला संघ आन्दोलित, प्रमुख र उपप्रमुखमध्ये एकमा महिला अनिवार्य (तस्बिरहरू)

विराटनगर । नेपाली कांग्रेस निकट महिला संघले स्थानीय तह निर्वाचनको उम्मेदवारमा प्रमुख वा उपप्रमुखमा महिला १ जना अनिवार्य हुनु पर्ने बताएका छन् । प्रदेश १ पार्टी कार्यालयमा घेराउ गर्दै उनीहरूले नाराबाजी गर्दै यस्तो बताएका हुन् ।

बिहानैबाट जम्मा भएका उनीहरूले प्रदेश सभापति उद्धव थापालाई महिलाको माग सम्बोधन गर्न गरेका छन् । गठबन्धनका नाममा महिलालाई उपेक्षा गरेको भन्दै महिला संघको नेतृत्वमा प्रदेश १ पार्टी कार्यालय घेराउ गरिएको हो ।

सभापति थापालाई भेटेका महिलाहरूले सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन् । महिला संघलाई सम्बोधन गर्दै प्रदेश प्रदेश सभापति थापाले संयुक्त राजीनामा दिने अवस्था आउन नदिने जिकिर गरेका छन् । उनले प्रदेश १ मा महिलाको प्रतिनिधित्व गराउनेमा विश्वस्त हुन पनि आग्रह गरे ।

सत्ता गठबन्धनमा रहेका पाँच दलले पालिका बाँडफाँड गर्दै महिलाको प्रतिनिधित्व हुन सकेको छैन । प्रमुख एक पार्टीले पाउँदा उपप्रमुख अर्को पार्टीलाई दिइएकाले दुवै पार्टीबाट पुरुष सिफारिस हुँदा महिला प्रतिनिधित्व न्यून हुने आकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *